एतिहासिक महाकाली नाच भक्तपुरमा सुरु, नाच हरेक साँझ ७ बजेबाट हेर्न पाइने ।

0
441
भक्तपुर, २६ साउन । इशापूर्व ३०० वर्षबाट शुरु भएको महाकाली नाच केहि बर्षको बिराम पछि पुन सुरु भएको छ ।
आर्थिक अभावका कारण प्रदर्शनमा ल्याउन नसकेर २०६६ सालदेखि बन्द भई गतवर्षदेखि यो नाच स्थानीय युवाको सक्रियतामा गएरातिबाट शुरु भएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजुले बताए ।
लोपोन्मुख अवस्थामा पुगेको नाच जोगाउन स्थानीयवासीले शुरु गरेको यो नाच गाईजात्राको भोलिपल्ट साँझबाट सञ्चालन हुने महाकाली नाच चारदिनसम्म साँझ करिब ७ बजेबाट शुरु भएर चारघण्टासम्म चल्ने गर्छ । युवापुस्ता रहेको नाचमा आठ वर्षको बालकदेखि ३५ वर्षका युवासमेतको सहभागिता रहेको कोजूको भनाइ थियो ।
मल्लकालीन नाचका रुपमा रहेको महाकाली नाचमा प्रदर्शनीका लागि करिब रु आठदेखि १० लाख खर्च हुने र उक्त रकम स्थानीय बासिन्दाबाट संकलन गरिएको छ । आगामी वर्षमा पनि नाचलाई निरन्तरता दिन अक्षय कोषको स्थापना गर्ने तयारी भएको महाकाली गण नाच व्यवस्थापन समितिका कृष्णलाल घजुले बताए । नाच सञ्चालनका लागि स्थानीय बासिन्दा, चन्दा दाता र मध्यपुरथिमि नगरपालिकाले सहयोग गरेको छ ।