सिरियाली सैनिकद्धारा जोर्डनको स्वेइदा प्रान्त कब्जा !

0
373
सिरियाली सैनिकद्धारा जोर्डनको स्वेइदा प्रान्त कब्जा गरेपछि झण्डा सहित खुसि मनाउँदै ।

काठमाण्डौं २६ साउन एजेन्सी। सिरियाली सैनिकले जोर्डनको सिमानामा रहेको दक्षिणी स्वेइदा प्रान्तको एक इलाका नियन्त्रणमा लिएको दावी गरेको छ ।

दक्षिण सिरियाको ग्रामीण इलाकामा रहेको स्वेइदा प्रान्तको एक इलाका नियन्त्रणमा लिइएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

सिरियाली सुरक्षाबलले स्वेइदास्थित सवै सीमा इलाका र त्यहाँ रहेका प्रहरी चौकीहरु पनि कब्जा गरेको समाचारमा जनाइएको छ।

स्वेइदाको जोर्डनसँगको सीमा इलाकामा औपचारिक रुपमा सरकारको उपस्थिति रहेको थिएन । तर दक्षिणमा पर्ने दराआ क्षेत्रमा सीमा पार गर्नको लागि औपचारिकता पूरा गर्नुपर्ने प्रावधान रहेको छ ।

त्यसैकारण सिरियामा जारी युद्धको क्रममा देशको ग्रामीण क्षेत्रमा पर्ने स्वेइदा जोर्डन जाने गैरकानूनी बाटोको रुपमा प्रयोग हुदै आएको छ ।

सिरिया सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो जुन हाल सम्म पनि जारी रहेको छ ।

आतङ्ककारी समूह इस्लामिस्क स्टेट्स आइएस र अल कायदा जस्ता समूह समेत हाल सिरियामा हाबी हुदै आएका छन् । आतङ्ककारी समूहले सिरियाका कैयौँ प्रान्त र इलाका कब्जा गरेका छन् ।