सरकार र राजपाबीच सहमती, प्रधानमन्त्रीको भारत भ्रमण अगावै लिखित सम्झौता हुने ।

0
230
काठमाडौँ, २७ साउन । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।
सत्तापक्ष र राजपाका शिर्षस्थ नेताहरुको उपस्थिीतिमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र राजपाका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर र नेताहरू राजेन्द्र महतो, राजकिशोर यादवलगायतको सहभागिता रहेको थियो ।
सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र र राजपाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको छलफल सकारात्मक भएको काँग्रेसका नेता विमलेन्द्र निधिले बताएका छन् ।
आजको वार्ता निर्णायक भएको छ, शहीद घोषणा, मुद्दा फिर्ता, घाइतेहरूको क्षतिपूर्ति, स्थानीय तहको संख्या वृद्धिलगायत सरकारले पूरा गर्ने विषय लगभग टुंगिएको छ, अब सबैभन्दा महत्वपूर्ण संविधान संशोधन गर्ने विषय पनि यथासक्य अगाडि बढाउने र पारित गर्नेबारे सहमति भएको भएको राजपाका नेता शरतसिंह भण्डारीले जानकारी दिएका छन् ।
संविधान संशोधनको विषयलाई मतदान गरी पारित गराउनका लागि प्रक्रिया अगाडि बढाउनेतर्फ सहमत भएको भन्दै प्रधानमन्त्री भारत भ्रमणमा जानुभन्दा पहिले नै प्रक्रिया अगाडि बढाउने सहमती भएको काँग्रेस नेता निधिले बैठक पछि सञ्चारकर्मीहरुलाई जानकारी दिए।