युवा दिवसमा पदयात्राको आयोजना,युवा मन्त्रीले भने देश बिकासमा युवाहरुको महत्वपुर्ण भूमिका ।

0
274

काठमाडौँ, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा प्रभातफेरी आयोजना गरिएको छ ।
राष्ट्रिय युवा परिषद्सहित विभिन्न संस्थाको आयोजनामा शान्ति र समृद्धिमा युवा’ (युथ बिल्डिङ पिस) भन्ने नारासहित भृकुटीमण्डपबाट सुरु भएको पदयात्रा शहीद हुँदै पुनः भृकुटीमण्डप फर्किएर टुङ्गिएको थियो । अविरल बर्षाका कारण पदयात्राको मार्ग छोट्याइएको थियो ।
पदयात्राको थालनी युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गर्नुभएको थियो । पदयात्रामा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेल र विभिन्न युवा विद्यार्थी सङ्गठनका प्रतिनिधि सहभागी हुनुभएको थियो । सन् १९९९ अगष्ट १२ मा संयुक्त राष्ट्र सङ्घले मान्यता दिएपछि सन् २००० देखि विश्वव्यापी रुपमा सो दिवस मनाउँदै आइएको छ ।