दैवि प्रकोपमा परेकाहरुको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन,प्रमुख जिल्ला अधिकारी भन्छन् स्रोत साधन छैन् उद्धार कसरी गर्ने ?

0
407

साउन २८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देश भर बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल उद्धार गरी राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । तर डुवानमा परेका जिल्लाका प्रमुखहरुले भने स्रोत साधनको उपर्युक्त ब्यबस्था नहुँदा उद्धार गर्न कठिनाइ भएको बताएका छन् । प्रमुख जिल्ला अधिकारीहरुले राजधानीमा भएका सरकारी र निजी सबै हेलिकप्टर तराई पठाई दिन आग्रह गरेका छन् ।

अविरल रुपमा परेको भीषण बर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जनभन्दा बढीले ज्यान गुमाएका छन् । सिन्धुलीमा पहिरोमा परी एकै परिवारका चारको मृत्यु भएको छ ।

प्रधानमन्त्री देउवाले शनिबार विहानै बाढी(पहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखहरूलाई फोन सम्पर्क गरी विपतको चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणलगायत हरतरहको सहयोग प्रदान गर्न निर्देशन दिएका हुन ।