रौतहटमा बाढीले गाडी बगायो, गर्भवती महिला सहित ६ जनाको मृत्यु ।

0
384
साउन २९ रौतहट बिकास अग्रवाल । अविरल बर्षाका कारण आएको बाढीले गाडए बगाउंदा रौतहटमा गर्भवती महिला सहित ६ जनाको ज्यान गएको छ ।
प्रसुती ब्यथाले च्यापे पछि लौकाहाबाट राजपुर अस्पताल लैजाँदै गरेको अवस्थामा बाढीले बाटो कटान गरेको सडकबाट बगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले जानकारी दिए ।
मृत्यु हुनेमा चार पुरुष र दुई महिला रहेका छन् । जीपका चालक र अर्का एक व्यक्तिले भने ज्यान बचाउन सफल भएको बताइएको छ ।
चार दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्ण रुपमा डुबानमा परेको छ ।