नेबिसंघले सुरु गर्यो राहत संकलन अभियान ।

0
287
काभ्रे, ३१ साउन । नेपाल विद्यार्थी सङ्घ, काभ्रेपलाञ्चोकले बाढी पिडीतलाई राहत दिने उद्देश्यका साथ राहत संकलन कार्य सुरु गरेको छ ।
नेबिसंघ जिल्ला कार्य समितीले एक समूह गठन गरी जिल्लाका विभिन्न सहरमा राहत संकलन कार्य थालनी गरेको अध्यक्ष नृपेश बादे श्रेष्ठले जानकारी दिएका छन्।
श्रेष्ठको टोलीले सोमबार बनेपा नगरपालिकाभित्रका बजारमा रु ५१ हजार रकम जम्मा भएको छ। पिडीतको पिडामा थोरै भए पनि राहत पुर्याउन सकिन्छकी भन्ने उद्धेश्यले सहयोग संकलनको थालनी गरिएको जिल्ला अध्यक्ष बादेले बताएका छन् । यो अभियान जिल्लाको मुख्य सहर बनेपा, धुलिखेल, पनौती, पाँचखाललगायतका स्थानमा संचालन गर्ने र प्राप्त भएको रकम त्यही जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर पिडीत समक्ष पुर्याउने अध्यक्ष बादेले बताएका छन् ।