झापामा बाढीका कारण मृत्यु हुनेको संख्या १२ पुग्यो,४ अझै बेपत्ता !

0
258

झापा, ३२ साउन । झापामा बाढीका कारण थप एक जनाको मृत्यु भएको छ । कन्काई नदीले बगाउँदा शिवसताक्षी नगरपालिका–७ की १७ वर्षीया निमा तामाङको मृत्यु भएको हो ।

योसँगै झापामा बाढीका कारण मृत्यु हुनेको संख्या १२ जना पुगेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । बेपत्ता भएका चारजना अझै सम्पर्कमा आउन नसकेको कार्यालयले जनाएको छ ।

रेडक्रस झापाले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार जिल्लाका १३ स्थानीय तहका दुई हजार ५२४ परिवार प्रभावित भएका छन् भने दुई हजार ४४४ परिवार विस्थापित भएका छन् । यहाँका १२१ घर पूर्णरुपमा क्षति भएका छन् ।

हालसम्म बाढीपीडितलाई केही त्रिपाल, कम्बल, झुल, म्याट र भाँडावर्तन उपलब्ध गराइएको रेडक्रस झापाले जनाएको छ ।