गोरखाको वारपाकमा सिजनल फ्लुबाट एकको मृत्यु, तीन सय भन्दा धेरै सिकिस्त,स्वास्थ्यकर्मी अलमलमा ।

0
209
गोरखा, ३२ साउन । गोरखाको बारपाकमा विगत दश दिनदेखि फैलिएको सिजनल फ्लुबाट एक बालिकाको मृत्यु भएको छ ।
साविक बारपाक–७ की ३८ महिने बालिका सुप्रिया गुरुङको आज मृत्यु भएको हो । विगत १५ दिनदेखि ज्वरो र निमोनियाबाट पीडित बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
बारपाक गाउँमा तीन सयजनाभन्दा बढी स्थानीय बासिन्दा बिरामी छन् । बिरामीमध्ये अधिकांश बालबालिकामा निमोनिया देखिएको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीका अनुसार बारपाक स्वास्थ्य चौकीमा उपचार गर्न आउनेको संख्या दिनहुँ बढ्दो छ । आज मात्रै ८० जनाभन्दा बढीको उपचार गरिएको दानीले बताउनुभयो ।
बिरामीको संख्या बढ्दै गएपछि प्राथमिक स्वास्थ्य केन्द्र जौवारीबाट दुईजना डाक्टर बारपाक पठाइएको छ । डा विनोद दवाडी र डा सुजाता नगरकोटी मंगलबार बारपाक पुगेर बिरामीको स्वास्थ्य परीक्षणमा खटिरहेका छन् ।