नेपाल पत्रकार महासंघको महाधिबेशन सुरु

0
332

काठमाडौँ, ४ भदौ,

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि सुरु भएको छ । महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । महाधिवेशनमा भाग लिन देशभरबाट छानिएका १ हजार ५ सय प्रतिनिधि सहभागी भएका छन् ।

‘‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’’ भन्ने मूल नाराका साथ काठमाडौंमा महाधिवेशन सुरु भएको हो ।
संघीय संरचनाअनुसार नेतृत्व चयन गर्न लागेको महासंले महाधिवेशनमार्फत अध्यक्ष, (२) उपाध्यक्ष,(१) महासचिव, (५) सचिव र १ कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति निवर्नचित गर्नेछ । त्यसैगरी, सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान, एशोसिएटमा समेत नयाँ नेतृत्व आउनेछ । नयाँ नेतृत्वका लागि प्रत्येक ३ वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ! महाधिवेशनमा कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ । यो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्य उम्मेदवार भएका छन् ! एमालेनिकट प्रेस चौतारीबाट तीर्थ कोइराला अध्यक्षका उम्मेदवार बनेका छन् ।