प्रजातन्त्रको मेरुदण्ड नै सञ्चार माध्यम : प्रधानमन्त्री देउवा ।

0
663
काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र सुदृढिकरणका लागि मिडियाको महत्वपुर्ण योगदान रहेको बताएका छन् ।
‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि सुरू भएको नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले मुलुकका विभिन्न समयमा भएका परिवर्तनमा पत्रकारिता जगतको अत्यन्त महत्वपूर्ण योगदान रहेको र अब देश निर्माणमा समेत सञ्चार क्षेत्रबाट अझ बढी योगदान हुनुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमाले सचिव योगश भट्टराई, नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महत र नेकपा माओवादीका प्रवक्ता पम्फा भुसालले सहमती बिना राजनितिक संकटको अन्त्य नहुने बताएका थिए ।