दक्षिण अफ्रिकामा महिला कुट्ने मन्त्रीले दिए राजीनामा

0
421

काठमाडौँ, ४ भदौ । दक्षिण अफ्रिकाको जोहानेसवर्गमा महिलामाथी हातपात गरेको  आरोप लागेका एक मन्त्रीले राजीनामा दिएका छन् । गतहप्ता जोहानेसवर्गको एक रात्री क्लबमा पुगेका उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजी मनाना र एक महिलाबिच विवाद चर्केपछि मन्त्री मनानाले महिलामाथि कुटपिट गरेको स्थानीय अधिकारीलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ । महिलाको अपमान र कुटपिटको घटनालाई लिएर सत्तारुढ दल अफ्रिकन नेशनल कांग्रेसका सदस्य समेत रहेका उपमन्त्री मनानालाई प्रहरीले पक्राउ गरी स्थानीय अदालतमा मुद्दा चलाएको थियो । घटनापछि उपमन्त्री मनानाले पदबाट राजीनामा दिएको जनाईएको छ  । उनले आफ्नो गैरजिम्मेवार क्रियाकलापप्रति पश्चाताप सहित  माफि मागेका छन् ।