अब नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने

0
656

काठमाडौँ, ४ भदौ । नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास भएको छ । नेपाल नेत्रहीन संघका लागि काठमाडौँ विश्वविद्यालयका सूचना प्रविधि विज्ञ प्रा डा बालकृष्ण वल र निराजन पन्तले करिब दुई वर्षको अथक परिश्रमपछि नेपालमा पहिलो पटक नेत्रहीनका लागि सो सफ्टवेयर विकास गरेका हुन । यसका लागि अस्टे«लियन राजदूतावासले संघलाई रु २४ लाख आर्थिक एवं सहयोगसमेत गरेको संघका अध्यक्ष नरबहादुर लिम्बूले जानकारी दिए । ओसिआर (अप्रिटकल क्यारेक्टर रिकोजिनाइजेसन) नामक सफ्टवेयरको विकासले नेपालमा पहिलो पटक नेत्रहीनले आफ्नै नेपाली भाषाका छापा अक्षरलाई सजिलै पढ्न र सुन्न सक्ने भएका हुन् । सफ्टवेयरले नेपाली अक्षरलाई स्क्यानिङ गरेर तुरुन्त वर्ड फाइलमा रुपान्तरण गरी यसअघि नै विकसित भएको टेक्स टु स्पिच (टिटिएस)को सहायताले ती स्क्यानिङ टेक्सलाई पढ्न र सुन्न सक्नेमा रुपान्तरण (कन्भर्ट) गर्दछ । शुरुका दिन संघले एकसय नेत्रहीनलाई सो सफ्टवेयर वितरण गर्ने जनाएको छ ।