सरकार जनताले दुख झेल्दैछन् ।

0
230

५ भदौ, काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकमा अधिकांश सदस्यले हालै मुलुकका विभिन्न भागमा गएको बाढीपहिरो र डुबानबाट पीडित जनतालाई राहत र बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । बैठकको शुन्य समयमा बोल्ने अधिकाम्स सांसद्हरुले डुबान क्षेत्रमा फैलन सक्ने रोगब्याधिलाई समयमै नियन्त्रण गर्न विशेषज्ञसहितको स्वास्थ्य टोली खटाउन तथा सदाका लागि खोला नियन्त्रण गर्न बलियो तटबन्धको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको शून्य समयमा सांसदहरु शान्तिदेवी चौधरी, शेरबहादुर तामाङ, शारदाकुमारी विश्वकर्मा, सीता नेपाली, हर्कबोल राई, हरिबहादुर राजवंशी, शिवचन्द्र चौधरी र शिवलाल थापाले तराईका अधिकांश जिल्लाका जनताले बाढीपहिरो र डुबानका कारण दुःख झेल्नुपरेकाले उनीहरुलाई तत्काल राहत र बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए । यसते आजको बैठकमा काठमाडौँमा ल्याउन लागिएको मेलम्चीको मुहानमा जंगली सुँगुरले दूषित बनाएको हँुदा त्यस क्षेत्रबाट सँुगुर हटाउन पनि सांसदहरले माग गरेका छन् । राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र यादवले सबै नेपालीका लागि समान अधिकार दिने र संविधान कार्यान्वयन गर्ने सन्दर्भमा हुन लागेको संविधान संशोधनको पक्षमा उभिन सबै राजनीतिक दललाई आग्रह गरेका थीए ।