धनगढीमा बस पल्टदा २ को मुत्यु , २१ घाईते ।

0
372

धनगढी, ५ भदौ । धनगढी–डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत पर्ने कैलालीको खानीडाँडा सडकखण्डमा आज भएको बस दुर्घटनामा परी दुई जनाको मुत्यु भएको छ भने अन्य २१ जना घाईते भएका छन् । धनगढी बाट डोटीको बिपीनगरका लागी छुटेको ना४ख५६३५ नम्बरको बस दिउँसो खानीडाँडामा सडकबाट झण्डै ६० मिटर तल खसेको प्रहरलिे जनाएको छ ।दुर्घटनामा दुई बालकसहित १८ जना घाइते भएका छन् । खानीडाँडा प्रहरी कार्यालयका सइ विनोद जोशीका अनुसार दुर्घटनामा परी डोटी जिल्ला साविक गडसेरा गाविस–३ का अन्दाजी ७१ वर्षीय नरबहादुर देउवाको मृत्यु भएको छ । घाइते हुनेमध्ये थप एक जनाको पनि मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । घाइृतेहरुको पद्मा अस्पताल अत्तरियामा उपचार भईरहेको छ । उकालो र मोड भएको सडकमा अचानक ब्रेकले काम गर्न नसकेपछि बस दुर्घटना भएको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।