राजमार्ग आसपासका ब्यापारी यात्रु ठग्न ब्यस्त ।

0
550

प्रकाश बस्याल ६ भदै , काठमान्डौँ । चितवन देखी काठमान्डौँ जोड्ने राजमार्ग आसपासका ब्यापारीहरुले मनलाग्दी मुल्य लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् । मुख्यतया राजमार्ग आसपासका होटल ब्यवसायीहरुले खान अयोग्य बस्तुहरुसमेत बिक्रि गरेको यात्रुहरुको गुनासो छ । देखाउन एउटा मुल्य सुची र ब्यवहारमा अर्को गर्ने गरेको दाङ्ग बाट काठमान्डौका लागी हिडेका बिकाश बस्नेतले गुनासो गरेका छन् । उनले भने “मैले पकाएको चाउचाउ भने बोर्डमा ६० रुपैया मुल्य लेखेको थियो तर लिदा १ सय ४० रुपैँया लियो चाउचाउ माग्दा बासी अचार र चना पनि मिसाएको र त्यसको पनि अब्यववहारीक मुल्य लिए ”यस्तै आफुले अर्डनै नगरेको बस्तुको पनि मुल्य तिर्न बाध्य रहेका छन् । कुरमुरे पानी कोकाकोला लगाएतका बस्तुमा समेत बिक्री मुल्यमा १० देखी २० रुपौया सम्म लिने गरेको यात्रुहरु बताउन् । सवारी चालकहरुसंग सम्झौता गर्ने र आफ्नो होटलमा यात्रुहरु रोक्न भन्ने गर्दछन् ।लामो दुरीका सवारीािधन अन्य ठाउमा नरोक्ने गरेकाले बाध्य भएर महगो तिर्नुपरेको यात्रुहरुको गुनासो छ । केही यात्रुहरुले भने महगो भएपनि ताजा खाना नपाउने गरेको बताएका छन् । अनुगमन प्रभावकारी नभएको देखीएको छ । एक चोटी त आउने हुन् भन्दै ब्यवसायीहरु भने यात्रु ठग्न ब्यस्थ छन् । मुग्लिन नारायणघाट सडक अवरुद्ध हुदाको समयमा झन् दोब्बर मुल्य लिने गरेका छन् । अनुगमन र कारवाही प्रकृया अगाडी बढाउन समेत यात्रुहरुको माग छ । नसुहाउदो मुल्य लिने अधिकार कसैलाई पनि छैन ।