चाडपर्वलाई लक्षित गरी घ्यूदेखि खसीबोका सम्म सरकारले सहुलियत दिने ।

0
737

६ भदै काठमान्डौँ । सरकारले आसन्न चाडपर्वलाई लक्षित गरेर उपभोग्य वस्तुमा उपभोक्तालाई सहुलियत दिने गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कम आय भएका सर्वसाधारणलाई लक्षित गरेर सरकारले दशैंदेखि छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जनाईएको छ । सरकारी स्वामित्वका खाद्य संस्थान र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले यही भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन् । उपत्यकासहित विभिन्न ३ दर्जन स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने आपूर्ति मन्त्रालयले जनाएको छ ।सुपथ मूल्य पसलमा चामल, फापर, चिनी, घ्यूदेखि खसीबोकासम्ममा सहुलियत दिईने बताईएको छ ।मन्त्रालयले उपभोक्तालाई राहत दिन नेपाल आयल निगम र दूग्ध विकास संस्थानलाई पनि आग्रह गरेको छ ।उपत्यकामा यस्ता सहुलियत पसल कोटेश्वर, थापाथली, जावलाखेल, कालीमाटी, भक्तपुर, ललितपुर लगायतका ९ स्थानमा रहने मन्त्रालयले बताएको छ ।

मोवाइल भ्यानबाट पनि यस्ता सुपथ मूल्य पसल सञ्चालन गरिनेछ ।त्यस्तै, उपत्यकाबाहिर झण्डै ४० स्थानमा यस्ता सुपथ मूल्य पसल राखिने मन्त्रालय र सम्बन्धित संस्थानले बताएका छन् । त्यस्तै उपत्यकाबाहिर नारायणघभाट, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका स्थानमा यस्ता पसल सञ्चालन गरिने संस्थानले जनाएको छ ।