नेपाल विद्युत प्राधिकरणद्ररा कर्मचारी सरुवा , को को कहाँ कहाँ भए ।

0
641

१३ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले बढी चुहावट हुने वितरण केन्द्रका प्रमुखसहित मुख्य पदमा कार्यरत कर्मचारीको सरुवा गरेको हो । आज एक सुचना जारी गर्दै कमर्चारी सरुवाको सुची प्रकाशन गरेको हो । यसपटक सहायक प्रवन्धक, उपप्रवन्धक र इञ्जिनियरहरुको सरुवा गरिएको छ । यसपटक अधिकांश वितरण केन्द्र प्रमुख नै सरुवा भएका छन् । यसअघि एकैपटक २५ सय कर्मचारीको सरुवा गरेको प्राधिकरणले दोस्रोपटक १ सय ५ जना कर्मचारीको सरुवा गरेको छ । अधिकांश वितरण केन्द्रका प्रमुखहरुलाई नै सरुवा गरेर प्राधिकरणले नयाँ नेतृत्वलाई त्यहाँ पठाएको छ । एकै स्थानमा लामो समयसम्म कर्मचारी बसिरहँदा कार्यक्षमतामा ह्रास आउने भएकाले उनीहरुलाई प्रोत्सान स्वरुप नयाँ स्थानमा पठाइएको प्राधिकरणले जनाएको छ ।