९९ जना प्रहरी जवान कार्यक्षेत्रमा खटिए ।

0
480

९ भदौ ,पोखरा। प्रहरी जवान आधारभूत तालीम १०५औँ ‘ख’ समूहको दीक्षान्त कार्यक्रम आज भएको छ । तालीममा ‘क’ श्रेणीमा उत्तीर्ण भएका ५८ र ‘ख’ श्रेणीमा उत्तीर्ण भएका ४१ जना आजबाट काममा खटिएको जनाईएको छ । प्रहरी नायब महानिरीक्षक केदारमानसिंह भण्डारीले उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् । उनले ११ महिना लामो तालीम सफलतापूर्वक सम्पन्न गरेर कार्यक्षेत्रमा लाग्न लागेका प्रहरी जवानले जोश र जाँगरका साथ देश र जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरि गौतम, गणपति प्रहरी उपरीक्षक नलप्रसाद उपाध्याय र समन्वय अधिकृत प्रहरी निरीक्षक जगदीश रेग्मीले लगाएतले सफलताको शुभकामना ब्यक्त गरेका थीए ।