१५ बर्षमुनिको साफ च्याम्पियनसिप फुटवलको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्दै ।

0
304

भदौ ९, काठमाडौं । १५ बर्षमुनिको साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको सेमिफाइनलमा आज नेपालले बंगलादेशको सामना गर्दै छ । नेपाल समूहको उपविजेता र बंगलादेश समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।  घरेलुटोली नेपालले उपाधि जित्ने लक्ष्य लिएको नेपालले समूह विजेता बन्दै सेमिफाइनल पुगेको बंगलादेशको चुनौती सामना गर्नुपर्ने भएको छ ।

यस्तै आजको अर्को सेमिफाइनलमा भारत र भुटान भिड्दैछन् । नेपाल र बंगलादेशको खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुनेछ भने भारत र भुटानको खेल हल्चोकमा रहेको सशस्त्र प्रहरीको मैदानमा हुनेछ । दुवै खेल दिउँसो ३ बजेपछि शुरु हुने आयोजकले जनाएको छ ।