अन्यायमा परेकालाई न्याय दिलाउने छु : प्रधानन्यायाधीश पराजुली।

0
317

९ भदौ, नवलपरासी । प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीलाई आज कावासोतीमा नागरिक अभिनन्दन गरिएको छ । पराजुलीलाई आज एक कार्यक्रमकाबिच कावासोती नगरपालिका, पराजुली समाज, अमरापुरी खानेपानी लगायतका संघसंस्थाहरुले छुट्टा छुट्टै अभिनन्दन गरेका हुन् । अभिनन्दनका क्रममा पराजुलीलाई हात्ति सफारी गरई नगर नगर परिक्रमा गराइएको थीयो । कावासोती नगरपालिकामा भएको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पराजुलीले नागरिकको अधिकार संविधानमा सुनिश्चित भएकाले नागरिकको अधिकारप्रति सवै सचेत हुनुपर्ने मा जोड दिए ।

संविधान भन्दा माथि कोही पनि नरहेको बताउँदै उनले स्थानीय तहको निर्वाचनबाट निर्वाचित उपप्रमुखरउपाध्यक्षले न्यायाधीशको हैसियतले अन्यायमा परेकालाई न्याय दिलाउनेमा आफू विश्वास्त रहेको बताए ।उनले नवलपरासीको नवलपुर क्षेत्र छुट्टै जिल्ला भएकोमा खुसी ब्यक्त गरेका थीए । प्रधानन्यायाधीश पराजुलीले शुक्रबार कावासोती नगरपालिकाको भवन शिल्यान्यास समेत गरेका छन् ।