महानगरपालिका र बिद्युत प्रधिकरणको मिलेमतोमा आज सम्मकै ठूलो घोटाला, अख्तियार किन मौन ?  

0
1324
भदौ ९ काठमाण्डौं । काठमाडौँ महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको मिलेमतोमा गम्भिर घोटाला भएको छ । यि दुई निकायले आर्थिक लाभमा परेर काठमाडौँ उपत्यकामा सार्क शिखर सम्मेलनका समयमा राखिएका सौर्य बत्तिमा गैर कानुनी रुपमा प्रचार सामाग्री झुण्ड्याउन थालेको छ । लोडसेडिङको अन्त्य गरि जनताका साथ पाएका प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले आर्थिक लाभका लागि यति सम्मको काम गर्छन भन्ने अनुमान सम्म पनि गर्न सकिन्न तर उनले आफ्नो क्षेत्राधिकार बाहिर गई काम गर्न थालेका छन् ।
जहा महानगर पालिकाका मेयर देखि कर्मचारी सम्मको हात रहेको स्रोतले बताएको छ । महानगर कै एक कर्मचारीले नाम नबताउने सर्तमा भने यो बिषयमा हाइलेभलको इन्ट्रेष्टले काम गरेको छ । यदि उनले दिएको सुचना सही हो भने छानविन गर्ने निकाय अख्तियार कीन मौन छ ? की यो सेटिङमा अख्तियारको पनि भाग छुट्याइएको छ ? बिद्युत प्राधिकरण कै स्वामित्वमा रहेको सौर्य उर्जा पोलमा महानगर पालिकाले मात्रै प्रचार सामाग्री राख्न पाइने भए पनि महानगर संग सेटिङ मिलाएर एक निजी कम्पनीलाई बिज्ञापन राख्न दिने अनुमती दिएर घिसिङले आफ्नै खुट्टामा बञ्चरो हानेका छन् ।
बबरमल क्षेत्रमा झुण्ड्याइएको प्रचार सामाग्रीका बिषयमा जानकारी माग्दा महानगर पालिकाका मेयर बिद्यासुन्दर शाक्य आफुलाई उक्त बिषयमा कुनै पनि जानकारी नभएको भन्दै पन्छिन खोज्छन् । जहाँ मख्नगरपालिकाको स्विकृती बिना कुनै पनि काम सम्भव नै हुँदैन यसले स्पष्ट पार्छ की अख्तियारमा सेटिङ मिलेको छैन भने अब महानगरपालिकाका कर्मचारी र मेयर समेत अनुसन्धानको दायरामा आउने छन् जुन लहरोमा घिसिङ समेत तानिनेछन् । उता घिसिङ भने यो बिषयमा मुख खोल्न चादैनन् । यस्ले स्पष्ट हुन्छ की यो काण्डमा यी दुबै निकायको बिचमा राम्रै सेटिङ मिलेको छ ।
सार्वजनिक स्थान, सडक तथा पोलमा सूचनामूलक सामाग्री पनि राख्न नपाइने महानगर पालिकाको ऐन बिपरीत कार्य गर्न यी दुई निकायका प्रमुखलाई कस्ले कसरी बाध्य पार्ये आम नगरिकले छिट्टै जानकारी पाउने छन् ।  बाबुराम भट्राई प्रधानमन्त्री भएको समयमा सरकारले राजधानीलाई होडिङबोर्ड रति बनाउने निर्णय गरेको थियो भने २०७२ साल भदौमा सर्वोच्च अदालतले महानगर क्षेत्रमा होडिङ बोर्डहरु नराख्न र राखेको भए हटाउन आदेश दिएको थियो ।
 हाल भैरेको कार्यले भने अदालतको अपमान गरिरहेको छ तर पनि कसैले ध्यान दिएका छैनन् ।
उता महानगर पालिकाले टेण्डर आब्हान मार्फत राजधानीमा सौर्य बत्ति बाल्ने योजनाका साथ निजी क्षेत्रलाई जिम्मा दिएको ।