सबैलाई रुवाउँदै नेपाल आइडलबाट बिदा भइन सुजाता पाण्डे ।

0
894

भदौ ९ काठमाण्डौं । नेपाल आइडलको टप फाइभमा रहेका प्रतिस्पर्धी मध्येका एक मात्र छोरी सुजाता पाण्डे दर्शकको भोट नपाएको भन्दै प्रतिस्पर्धाबाट बाहिरीएकी छिन् । बटम थ्रीमा रहेका बुद्धलामा,प्रताप दास र सुजाता पाण्डे मध्ये पाण्डे बाहिरीएकी हुन् । प्रतिस्पर्धामा प्रताप दास, सुजाता पाण्डे,सागर आले,निशान भट्टराई र बुद्ध लामा रहेका थिए ।
निर्णायकहरुको लाईनमा थपिएका अतिथी रामकृष्ण ढकाल उपस्थित भए पनि उनि घोषण हुनु पुर्व नै कार्यक्रमबाट बाहिरींएका थिए । सुजाता प्रतिस्पधबाट बाहिरीदा कोलाहल पुर्ण वाताबरण सृजना भएको थियो । साथै नेपाल आइडलको फाइनल प्रतिस्पर्धा कतारबाट प्रतक्ष्य गर्ने पनि उद्धघोष गरेको छ ।