संसद बैठक दिउँसो १ बजे बस्दै , आज के हुन्छ ?

0
964

१२ भदौ, काठमान्डौँ । व्यवस्थापिका संसद बैठक आज पनि बस्दै छ । संसद भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसुची रहेको छ । यस्तै आजको बैठकमा उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले “ शिक्षा (नवौं संशोधन) विधेयक, २०७४ माथि विचार गरियोस्“ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावना रहेको छ ।

आजकै बैठकमा प्रधानमन्त्री एवं वन तथा भू संरक्षण मन्त्री शेरबहादुर देउवाले “ आनुवंशिक स्रोतहरूमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँड सम्बन्धी नागोया अभिसन्धि ( Nagoya Protocol on access to Genetic Resources and the Fair and Equitable Sharing of Benefits Arising from their utilization to the Convention on Biological Diversity ) माथि छलफल गरी अनुमोदन गरियोस् “ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।