स्नातक तह प्रथम वर्षको परीक्षा फेरी पनि सर्‍यो ।

0
270

भदौ १३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह प्रथम वर्षको आउँदो शनिबार परेको परीक्षा भदौ ३१ गतेलाई सारिएको छ ।
आइतबारदेखि सुरु भएको स्नातह तह प्रथम वर्षको सबै संकायको परीक्षा ३१ गतेका लागि सारिएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।
१७ गते शनिबार बकर इद परेकाले ३१ गतेका लागि सारिएको हो । यसअघि ४ गते परेको परीक्षा बाढी पहिरोको कारण देखाउँदै १७ गते शनिबारका लागि सारिएको थियो ।