चितुवा मार्न हतियारसहित १७ जना प्रहरी ।

0
223

१३ भदौ ,बैतडी। बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी ज्यान लिएपछि त्यस क्षेत्रमा पुनः प्रहरी परिचालन गरिएको छ ।नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि त्यसलाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको जनाईएको छ । शनिबार पाटन इलाका प्रहरी कार्यालयबाट गएको टोलीले आक्रमणकारी चितुवाको खोजी शुरु गरेकोे जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए।

प्रहरीले स्थानीय तहसँग समन्वय गरेर नरभक्षी चितुवा मार्नका लागि प्रयास भईरहेको स्थानियले बताए । गतवर्ष भदौमा पनि चितुवाले लगातार तल्लो सोराडको उदयदेवमा दुई बालिकाको ज्यान लिए पछि हतियारसहितका १५ प्रहरी परिचालन गरिएपनि चितुवा मार्न सकेको थिएन ।