भारतको मुम्बई जलमग्न , १ करोड भन्दा बढी मानिस प्रभावित ।

0
405

१४ भदौ , मुम्बई । भारी बर्षाका कारण भारतको मुम्बईको अधिकांश भाग जलमग्न भएका छन् । बर्षाका कारणा करीब १ १ करोड ६० लाख मानिस प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरले जनाएका छन् ।
। डुबानका कारणा हवाई र रेलवे सेवासमेत अबरुद्ध भएको जनाईएको छ भने विद्यालय र कलेजसमेत बन्द गरिएको छ ।

एक अस्पताल पुरै डुबानमा परेकाले त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । भारी बर्षाका कारण सयौं सवारी साधन सडकको बीचमै रोकिएका छन् । मुम्बईमा अझै केही पानी पर्ने मौसम विधहरुको अनुमान छ ।