महिला आयोगसम्बन्धी कानून संशोधन गर्ने सरकारको तयारी ।

0
368

१४ भदौ, काठमाडौं । सरकारले राष्ट्रिय महिला आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धि प्रचलित कानुनलाई संशोधन गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धि प्रचलित कानुनलाई तत्काल संशोधन गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको आजको बैठकमा बोल्दै उनले आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्न सरकार गम्भीर भएर लागिपरेको पनि स्पष्ट पारिन् । मन्त्री कोइरालाले आयोगलाई पदाधिकारीविहीन हुने अवस्था आउन नदिन सरकार सचेत रहेको पनि बताइन् ।

बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय महिला आयोगले कामै गर्न नसकेको आरोप लगाएका थिए । उनीहरुले आयोगको पदाधिकारी नियुक्ती प्रक्रियामा ढिलाई हुनुको कारण पेश गर्न सरकारसँग माग समेत गरेका थिए ।