२०८३ बैशाख ८ गते मंगलवार
२०८३ बैशाख ८ गते मंगलवार

झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारले गुमाइन् बायाँ हात

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारले बायाँ हात गुमाएकी छन् ।

 

आगलागीबाट गम्भीर घाइते भएकी चित्रकारको कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार अपरेशन गरी बायाँ हातको कुहिनादेखि तलको भाग काटिएको पारिवारिक स्रोतले जनाएको छ ।

भदौ २४ गते घरमै भएको आगलागीमा परेर गम्भीर घाइते भएकी चित्रकारको उपचार बर्न अस्पतालको आइसियुमा भइरहेको छ ।

 

आगोले शरीरका अन्य भागहरू पनि जलेको र संक्रमण फैलन नदिन हात काट्नु परेको चिकित्सकले बताएका छन् ।

चित्रकारको अहिले निमोनिया समेत देखिएको छ । यद्यपि, उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको अस्पताल स्रोतले जनाएको छ ।

आगलागीको कारणबारे भने अनुसन्धान जारी रहेको जनाइएको छ ।

 
 
 
 
 
 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।