एक स्थानीय तह एक नमूना पुस्तकालय ।

0
740

१५ भदौ , काठमान्डौँ । आज १० औँ पुस्तकालय दिवस मनाइँदैछ । नेपालमा पनि जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमूना पुस्तकालय’ भन्ने मूलनाराका साथ दिवस मनाइँदै छ ।नेपालमा पठन संस्कृतिको विकास गर्नका लागि २०६५ सालदेखि पुस्तकालय दिवस मनाइँदै आइरहेको छ । दिवस मनाउनका लागि मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

अहिले नेपालमा करिब एक हजार पुस्तकालय रहेका छन् ।दिवसको अवसरमा आज बिहान भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी शहिदगेट, रत्नपार्क, कमलादी हुँदै कमलपोखरीमा पुगी सम्पन्न भएको छ । ¥यालीमा ‘पढ्ने संस्कृतिको विकास गराँै’ ‘एक स्थानीय तह एक पुस्तकालय’ ‘पुस्तक ज्ञानको भण्डार’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनी गरिएको थियो ।