सत्तासाझेदार दलले आफुले निर्वाचन जित्नेगरी क्षेत्र बनाउन आयोगलाई दवाव दिए : एमाले सचिव भट्टराई

0
442

१५ भदौ , काठमान्डौँ । २ नम्बर प्रदेशमा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक दुई दिनभित्रै उम्मेद्वार सार्वजनिक गर्ने भएको छ । धेरै तहमा स्थानीय स्तरबाटै उम्मेद्वारको टुंगो लागेको भन्दै एमालेले महानगर र उपमहानगर सहित केही स्थानमा उम्मेद्वारको टुंगो भने केन्द्रबाट तय गर्ने जनाएको छ । एमाले सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईले आज भोलीमै स्थायी समिति बैठक बसेर सबै उम्मेद्वार सार्वजनिक गर्ने बताए । नेता भट्टराईले अन्य दलसँग तालमेलका लागि स्थानीयस्तरमै जिम्मेवारी दिइएको जानकारी दिए । क्षेत्र निर्धारण आयोगको प्रतिवेदनप्रति प्रतिक्रिया दिदै उनले भुगोललाई वेवास्ता गर्दै जाने प्रवृति निरन्तर रहे पहाडी र हिमाली क्षेत्र प्रतिनिधिविहीन हुने खतरा रहेको दावीसमेत गरे । नेता भट्टराईले कतिपय स्थानमा सत्तासाझेदार दलले आफुले निर्वाचन जित्नेगरी क्षेत्र बनाउन आयोगलाई दवाव दिएको आरोप समेत लगाए ।