धनुषाको १८ स्थनीय तह मध्ये पाँच स्थानीय तहमा संघीय समाजवादी फोरमका उम्मेदवारको टुंगो ।

0
764

१५ भदौ , जनकपुर । संघीय समाजवादी फोरमले प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुने चुनावको लागि धनुषाको १८ स्थनीय तह मध्ये पाँच स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।
धनुषाधाम नगरपालिकामा मेयरमा ज्ञानकुमार यादव र उपमेयरमा बन्दना कर्ण, गणेशमान चारनाथ नगरपालिकाको मेयरमा रामबाबु यादव र उपमेयरमा निशा मोक्तान छन् ।
यस्तै मिथिला नगरपालिकाको मेयरमा भोला महतो र उपमेयरमा मनमाया लामा, नगराइन नगरपालिकाको मेयरमा मन्सुर राइन र उपमेयरमा रञ्जिता देवी पासवान रहेका छन् ।
हंशपुर नगरपालिकाको मेयरमा रामनारायण कापडी र उपमेयरमा शिवकुमारी मुखियालाई उम्मेदवार बनाएको संघीय समाजवादी फोरम प्रदेश नं। २ का सचिव शेषनारायण यादवले जानकारी दिए । उनले धनुषाका बाँकी १३ वटा स्थानीय तहमा भदौ १७ गतेसम्म उम्मेदवारको टुंगो लागि सक्ने बताए ।