प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा नुवाकोट एमालेबाट बद्रि मैनालीको चर्चा ।

0
5307
भदौ १५ काठमाण्डौं । राजनितीक दलहरु आगामी मंसिमा हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको माहोल बनाउन लागि परेका छन् । स्थानिय तहको निर्वाचनको माहोल सेलाउन नपाउंदै सरकारले मंसिर १० गते दुबै तहको निर्वाचन गर्ने घोषणा गरे पछि प्रमुख दलका नेता कार्यकर्ता टिकट लिने दौडमा लाग्नुले निर्वाचन हुने पक्का पक्कि जस्तै देखिन्छ । नेताहरुलाई निर्वाचन जित्नु र हार्नु भन्दा पनि टिकट पाउनु प्रतिष्ठाको बिषय बन्दै आएको छ । आफ्नो क्षेत्रमा टिकट हात पार्न पाए जित्नका लागि जस्तो सुकै प्रयास गर्न सकिने बिगतको अनुभवका आधारमा स्थानिय नेताहरु पार्टीका शिर्षस्थ नेताहरुसंग भेटवार्तामा लागेका छन् ।
राजधानीसंग सिमा जोडिएको नुवाकोटको प्रतिनिधी सभाको क्षेत्र नम्बर १ र प्रदेश सभाको क्षेत्र नम्बर २ मा भने फरक माहोल देखिएको छ ।
नेपाली काँग्रेसका दुई नेताहरु डा रामशरण महत र अर्जनु नरसिंह केसीको आधार इलाकाको रुपमा चिनिएको क्षेत्र नम्बर १ मा भने नेकपा एमालेका युवा नेता बद्री मैनाली उमेद्धार बन्ने पक्का पक्की भएको छ । नेकपा एमाले जिल्ला कार्य समितीका उपाध्यक्ष भैसकेका नेता मैनालीले बिद्यार्थी जिवनदेखि नै स्थानीय स्तरमा गरेको योगदानको कदर गर्दै आगामी निर्वाचनमा उमेद्धार बनाउन लागेको एमाले नुवाकोटले जनाएको छ । यद्यपी आधिकारीक उमेद्धारको रुपमा घोषणा गर्न भने बाँकी रहेको छ ।
स्थानिय तहको दुबै चरणको निर्वाचनमा एमाले पहिलो पार्टी बने पछि नुवाकोटमा स्थानियहरु काम नगर्ने पुराना नेता भन्दा काम गर्ने नेताको बिकल्पमा उभिएका छन् । यसकारण पनि मैनाली निर्वीकल्प हुने देखिएको छ । यदि नेकपा एमालेले मैनालीको बिकल्प खोज्ने हो भने निर्वाचन जित्न नसक्ने निष्कर्ष समेत जिल्ला कार्य समिती नुवाकोटले निकालेको छ । सामाजिक रुपमा इमान्दार र सहयोगी नेताको पहिचान बनाएका मैनाली पार्टीको बिभिन्न जिम्मेवारी हुँदै हाल उपाध्यक्षको भूमिकामा छन् । मैनाली पार्टी अध्यक्ष केपी ओली निकट पात्रका रुपमा समेत परिचित भएकाले प्रतिनिधी सभाको निर्वाचनमा उनले वाजी मार्ने धेरैको बुझाई छ ।