सरकारमा सहभागी हुने राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको निर्णय ।

0
380

काठमाडौँ, १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी -प्रजातान्त्रिक- सरकारमा सहभागी हुने भएको छ ।

मुलुकमा विद्यमान राजनीतिक अस्थिरता तथा अन्योललाई न्यूनीकरण गर्ने उद्देश्यले पार्टी सरकारमा सहभागी हुन लागेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । प्रत्यक्ष चुनाव जितेका नेतालाई प्राथमिकतामा राखिने पार्टीले जनाएको छ । राप्रपासँग वैचारिक असहमति राख्दै गत साउन २२ गते अलग भएको सो पार्टीले गत साता मात्र दल दर्ता गरेको थियो । उक्त पार्टीकातर्फबाट १८ सांसद हुनुहुन्छ ।