१६ भदौ काठमाडौं । नेपालमा मनसुन केही दिन अझै सक्रिय रहने मौसमविदले बताएका छन् । मध्य र पश्चिम तराईका क्षेत्रमा भन्दा पूर्वी क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसमदिहरुको भनाई छ । पूर्वी क्षेत्रका नदी तथा खोलामा बाढी आउने अनुमान छ ।
मौसमविद् समिर श्रेष्ठले मनसुन सक्रिय भएकाले अझै केही दिन देशभरको मौसम यस्तै रहने बताए । मुख्य गरी अबको २४ घण्टामा चुरे र महाभारतबाट बहने खोलानालामा पानीको सतह बढ्ने र बाढी आउने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोसी, गण्डकी, काली र महाकालीमा पानीको बहाब बढे पनि खतरा भने नभएको शाखाले जनाएको छ । तर पूर्वको झापा देखि पश्चिमको कञ्चनपुरसम्मका कन्काई,कमला, बागमती, तिनाउ, पश्चिम राप्ती बबई, मोहना लगायत नदीमा बाढी आउन सक्ने सम्भावना हुँदा सतर्कता अपनाउन शाखाले सबैमा आग्रह गरेको छ ।