उच्च तहमा दलित नपुगेससम्म देशमा लोकतन्त्र स्थापित हुनै सक्दैन : अध्यक्ष यादव ।

0
428

१६ भदौ , महोत्तरी। मधेसको मुद्दा सम्बोधन नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

महोत्तरीको श्रीपुरमा आज आयोजना भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागिता नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।

अध्यक्ष यादवले संविधानमा मधेसीको पहिचान कतै पनि उल्लेख नभएकाले संविधान संशोधन अपरिहार्य भए पनि आफूहरुले आन्दोलनको अर्को रुपस्वरुप चुनावी मैदानमा उत्रिनुपरेको धारणा राखे । एक अर्को प्रशंगमा उनले उच्च तहमा दलित नपुगेससम्म देशमा लोकतन्त्र स्थापित हुनैनसक्ने दावि गरे ।
विभिन्न पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नेहरुलाई अध्यक्ष यादवले स्वागत गरेका थीए ।