भदौ १५ , ललितपुर । ललितपुरको सातदोवाटोमा रहेको सिटीजन कलेजले आज विभिन्न संघसंस्थाको समन्वयमा रक्तदान कार्यक्रम गरेको हो । नेपालमा परेको प्राकृतिक विपत्ति लाई मध्यनजर गर्दै रगतको अभावमा कसैको पनि अकालमा मुत्यु नहोस भन्दै कार्यक्रमको आयोजना गरेको कलेजका प्रशासन प्रमुख राजकुमार प्याकुरेलले जानकारी दिए । कलेजका विद्यार्थीहरुलाई विपत्तिको समयमा मानव सेवामा लाग्न यस कार्यक्रमले प्रेरीत गर्ने विश्वास लिएको कलेजमा प्रिन्सिपल हरी कुष्ण अर्यालले बताए । नेपाल रेडक्रस सोसाईटी को सहयोग रहेको कार्यक्रममा ५५ जनाले रगत दान गरेका थीय । तिन तिन महिनामा खेरा जाने रगतले कसैको ज्यान बचाउन मद्धत गर्ने भएकाले रक्तदान गरेको रक्तदाताहरुले बताए ।