वाग्मती सफाइ अभियानको २२५ औँ हप्ता आज पाँच टन फोहर संकलन ।

0
508

१७ भदौ , काठमान्डौँ । वाग्मती सरसफाइ अभियानको २२५औँ हप्ता आज सिनामंगलस्थित वाग्मती पुलसँगै नदीका आसपासका क्षेत्रमा सरसफाई गरी पाँच टन फोहर संकलन गरिएको छ । कार्यक्रममा वाग्मती सभ्यता अभियानकर्मी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै विभिन्न संघसंस्थाको सहभागिता थियो ।
सिजन मिडियाद्वारा आयोजित मिस एयर होस्टेज, २०१७ मा सहभागी ४० प्रतियोगी पनि सहभागी भई वाग्मती सफाइमा सहयोग गरेका थिए । विमान परिचारिकाहरुलाई सामाजिक कर्तव्य र उत्तरदायित्वका बारेमा जानकारी हासिल होस् भन्ने उद्देश्यले तिनलाई कार्यक्रममा सहभागी गराइएको हो । आगामी असोज २ गते मिस एयर होस्टेज, २०१७ को अन्तिम प्रतियोगिता हुनेछ । यो मिस एयरहोस्टेजको चौथो संस्करण हो ।