२ नम्बर प्रदेश मा हुने स्थानिय तहको चुनावकालागी एमालेले आज उमेद्वारको नाम टुंगो लगाउने।

0
300

१७ भदौ , काठमान्डौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको नाम आज टुंगो लगाउने भएको छ । आज दिउँसो ३ बजे काठमाण्डौंको धुम्बाराहीस्थित पार्टीको केन्द्रिय कार्यालयमा बस्ने स्थायी कमिटी बैठकले उम्मेदवारको नाम टुंगो लगाउने सचिव योगेश भट्टराईले जानकारी दिए । त्यसअघि आगामी असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनलाई लिएर प्रदेश नम्बर २ को बृहत भेलाको आयोजना गरिएको छ । गाउँपालिका र केहि नगरपालिका बाहेक एमालेले पनि आफ्ना उम्मेदवारको नाम टुंगो लगाउन सकेको छैन । बाँकी रहेका उप–महानगर र महानगरका लागि उम्मेदवारको नाम आजै टुंगो लगाएर सार्वजनिक गर्ने पार्टीले जनाएको छ ।

प्रदेश नम्बर २ अन्तर्गत पर्ने एउटा मात्र बीरगंज महानगरपालिकाको मेयरमारनेशनल मेडिकल कलेजका संचालक बसिरुद्दिन अन्सारीको नाम टुंगो लागेपनि सार्वजनिक भने गरेको छैन । उम्मेदवारको नाम टुंगो लगाउने कार्यको अन्तिम कसरतमा पुगेको एमालेले बाँकी नगरपालिका, उप–महानगर र महानगरका उम्मेदवारको नाम आजै टुंगो लगाएर सार्वजनिक गर्ने तयारी गरेको जनाईएको छ ।