आचार संहिताका कारण काम गर्ने अवसर भएन मन्त्री : बलायर ।

0
423

१७ भदौ , डोटी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले आफूले मन्त्रालय पाएपनि काम गर्ने अख्तियारी नपाएको बताएका छन् ।
कामको सिलसिलामा डोटीको दिपायल पुगेका मन्त्री बलायरले नेपाल प्रेस युनियन डोटी शाखाले आज दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगले लगाएको आचार संहिताका कारण काम गर्ने अवसर नपाएको बताए । उनले आचार संहिताले सरकारलाई बन्धक बनाएको आरोप लगाए । आचार संहिताका कारणा सरकाले काम गर्न नसकेको समेत बताए ।