दुखेको घाउमा मलम लगाउदै ने.बि.संघ ।

0
907

१७ भदौ, काठमान्डौ । नेपाल बिद्यार्थी संघले बाढी पहिरोबाट प्रभाबित क्षेत्रमा पुगेर राहत वितरण गरीरहेको छ । प्रभावितको राहत र उद्धारमा जुटेको ने बि संघले अहिलेसम्म६२ लाख रुपैँया भन्दा बढीको राहत सामाग्री बितरण गरेको जनाएको छ। देशका ३१ जिल्लाका १ हजार भन्दा बढी बिद्यालयका बिद्यार्थी र तिनका अबिभावकलाई खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा, शैक्षिक सामाग्री, त्रिपाल वितरणा गरेको जनाईएको छ । स्वयमसेवक परीचालन गरी राहत र उद्धारमा समेत खटीएको जनाईएको छ ।साथै राहत संकलनमा जुटेर बितरणा गरीएको ने बि संघका मुख्य सचिब डिल्ली हमालले बताए । राहतको पहिलो चरणको कार्यक्रमपछि औषधि बितरण र प्रभाबित सबै बिद्यार्थीलाई एउटा झोला, झोलाभित्र एक दर्जन कापी, २ वटा कलम, मन्जन र ब्रस, भ्याएसम्म एक जोर लुगा १५ हजार बिद्यार्थीलाई बितरण गरिने अभियान आजदेखी महोत्तरीबाट सुरु गरिएको समेत जनाइृएको छ । अभियान बाढी प्रभाबित सबै जिल्लामा केन्द्रित हुने ने . बि संघका अध्यक्ष नैनसिंह महरले बताए । बाढीका कारणा ७ण् भन्दा बढी व्द्यिालयका संरचना भत्किएको समेत संघले जनाएको छ ।
बिद्यार्थी सँग शैक्षिक सामाग्री नभएको साथै खान र बस्नको समेत समस्या भएकोले सरकारले समस्या समाधानमा ध्यान दिनुपर्ने महरले जोड दिए । देश विदेशका सहयोगीहरुसंग छलफल भईरहेको समेत महरले जानकारी दिए । । जिर्ण बिद्यालय निर्माणमा पनि ने।बि।संघ सक्रियता थाल्ने र झोला कापीकलम, ड्रेस बितरण अभियानबाट कुनैपनि प्रभाबित बिद्यार्थी नछुट्ने ने.बि संघले जनाएको छ । ने.बि.संघ केन्द्रिय अध्यक्षको नेतृत्वमा महोत्तरी जिल्लाबाट अभियान थालिएको छ ।
यसअघि ने.बि.संघ केन्द्रले बाढी प्रभाबित सबै जिल्लामा केन्द्रिय प्रतिनिधि पठाएर राहत बितरण गरेको थियो भने त्यही बेला केन्द्रिय अध्यक्ष नैनसिंह महरको नेतृत्वमा युथ एसेम्ब्लीका लागि सँयुक्त राष्ट्र सँघमा सहभागी महामन्त्री सरोज थापा लगाएतको प्रतिनिधि मण्डलले बाढीपीडितलाई सहयोग गर्न अमेरिकाको न्यूयोर्कस्थित राष्ट्र सँघको मुख्यालयमा १०३ भन्दा बढी प्रतिनिधिसँग प्रस्ताब गरेको थियो । बाढी प्रभाबित बिद्यालय पूनर्निर्माण र बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण पश्चात ने.बि.संघले देशभरका सबै सार्बजनिक बिद्यालयमा ई लाईब्रेरी अभियान थाल्ने ने बि संघ सहमहामन्त्री अम्बिका चलाउनेले बताए ।