२०८२ फाल्गुन २२ गते शुक्रबार
२०८२ फाल्गुन २२ गते शुक्रबार

ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न आयोगको सिफारिस

काठमाडौं  । जेनजी आन्दोलन दमनबारे छानबिन गर्न बनेको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी (पासपोर्ट) रोक्का गर्न सिफारिस गरेको छ ।

आयोगले  सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा आन्दोलन दमनमा संलग्न ठानिएका व्यक्तिहरूलाई अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले विदेश जान रोक लगाउने निर्णय गरिएको उल्लेख छ ।

पासपोर्ट रोक्का सिफारिस गरिएका व्यक्तिहरूमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुबाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल रहेका छन् ।

आयोगले यी पाँच जनामाथि सरकारी अनुमति विना काठमाडौं उपत्यका छोड्न नपाउने व्यवस्था मिलाउन पनि गृहमन्त्रालयलाई सिफारिस  गरेको छ । आयोगको ठहर अनुसार, अनुसन्धान निष्पक्ष, स्वतन्त्र र निर्बाध बनाउन यस्तो कदम आवश्यक भएको हो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।