मैँ तिर चल्यो दुःखको हावा ।

0
1090

१८ भदौ , काठमाडौँ, । केही वर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेका गायक तथा सर्जक प्रेम सापकोटा सोनुको नयाँ दसैं गीत ‘मैँ तिर चल्यो दुःखको हावा’ बजारमा आएको छ ।

गायक तथा शब्द संकलक प्रेमले आफ्नै लयरशब्द र स्वर रहेको यस गीतको म्यूजिक भिडियो पनि आफैले निर्देशन गरेका हुन् । संगम प्रकाश कंडेल र रवी न्यौपानेको छायांकन, मिलन वि।कको सम्पादनमा तयार भएको गीतको म्यूजिक भिडियोमा स्वयं प्रेम सापकोटा सोनु, सुरबिर पण्डित दाह्री बा र किस्ना आचार्य रोशनीको अभिनय देख्न सकिन्छ ।

खड्का जि प्रोडक्सनले दृश्य निर्माण गरेको गीतको म्यूजिक भिडियोलाई प्रेम सापकोटा सोनु कै यूट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।