सरकारले तोके भन्दा धेरै पैसा लिने म्यानपावरका कर्मचारी पक्राउ ।

0
2070

१८ भदौ , काठमाडौं । वैदेशिक रोजगारीमा जानेसँग सरकारले तोके भन्दा धेरै पैसा लिने म्यानपावरका एक जना कर्मचारी पक्राउ परेका छन् । सिनामंगलमा रहेको सिद्ध ग्लोबल म्यानपावरका कर्मचारी भिष्म अधिकारी पक्राउ परेका हुन् । वैदेशिक रोजगार विभागको अनुगमन टोलीले उनलाई मलेसिया जाने दुई जनासँग एक लाख ६० हजार रुपैयाँ लिँदै गरेको भेटेपछि पक्राउ गरेको विभागका सूचना अधिकारी मोहन अधिकारीले जानकारी दिए ।
उनले अरु दुई जनासँग पनि ४० हजार रुपैयाँ लिएको भन्ने जानकारी आएकाले छानविन भइरहेको उनले बताए । यसअघि गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा पठाएको आरोपमा ११ वटा म्यानपावर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको थियो ।