त्रिशुली नदिले स्काभेटर बगायो,चालकको खाजी कार्य जारी : प्रहरी ।

0
708
नुवाकोट, १९ भदौ । बेलकोटगढी नगरपालिका–७ रातमाटे स्थित त्रिशूली नदीबाट अवैधरुपमा बालुवा उत्खनन गर्ने स्काभेक्टर दुर्घटना हुँदा धादिङ घर भएका चालक सुरेश तामाङ बेपत्ता भएका छन् ।
आइतबार राती नदीबाट अवैधरुपमा बालुवा उत्खनन गरिरहेको स्काभेक्टर नदीमा भासिदा महादेवस्थान तसर्पुका २९ वर्षका चालक तामाङ हराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले बताएका छन् ।
“चालकले भाँसिएको स्काभेक्टरको झ्यालको ढोका फुटाएको देखिएकाले निस्किएर नदीमा बेपत्ता भएको हुनसक्ने अनुमान प्रहरीले गरको छ । प्रहरीले तामाङको खोजी कार्य जारी राखेको जनाएको छ ।
घटना राति १ बजेको भए पनि प्रहरीले भने बिहान ७ बजे मात्र जानकारी पाएको जनाएको छ ।