Home header news अहिलेसम्म कसैले नदेखेको शिलालेख भेटियो, १६८५ सालमा के लेखिएको थियो त...
अर्घाखाँची, १९ भदौ । अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकास्थित जलुके नौमुरेमा ४ सय बर्ष पहिले लेखिएको शिलालेख भेटिएको छ
शीतगंगा नगरपालिका–७ साविक जलुके गाविसको रातामाटा नौमुरेमा एउटा ढुंगामा परापूर्वकालमा नेपाली भाषामा लेखिएको अभिलेख फेला परेको हो । शिलालेखमा मिति १६८५ चैत १३ गते रहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री नौमुरे जलविद्युत् आयोजनास्थल हेर्न जाने क्रममा शिलालेख भेटिएको हो । श्री लेखिएकाले कुनै सरकारी तर पुरानो अभिलेख हुनसक्ने वा राप्ति नदीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको अर्घाखाँचीका सहायक प्रजिअ खत्रीले बताए । यो शिलालेख अहिलेसम्म कसैले देखेका थिएनन् ।
यो पुरानो लिपि हो यसलाई पुरानो विज्ञले विश्लेषण गर्नसक्ने भन्दै त्यहाँ लिएका तस्वीर विज्ञलाई पठाएको सहायक प्रजिअ खत्रीको भनाइ छ ।
शिलालेख ठूलो ढुंगामा गडेको अवस्थामा रहेको छ ।
Post Views:
5,214