अजरबैजानको शत्ताधारी समूहलेयूरोपेली नेताहरुलाई घूस दिनेगरेको खुलासा ।

0
302

२० भदौ , बीबीसी । अजरबैजानको शत्ताधारी शक्ति समूहले गोप्य कोष सञ्चालन गरी यूरोपेली नेताहरुलाई २ अर्ब ८० करोड डलर घूस दिएको एक अन्तर्राष्ट्रिय अनुसन्धानले खुलासा गरेको छ । २ बर्षसम्म गोप्य कोष सञ्चालन गरी बिलासी सामान खरीद तथा पटकपटक घूस दिएको अनुसन्धान प्रतिवेदनमा सार्बजनिक गरीउको छ । कोष सम्बन्धि सम्पूर्ण कारोबार बेलायतस्थित ४ वटा गुप्त कम्पनीले गरेको पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख रहेको बीबीसीले जनाएको छ । युरोपेली सञ्चारकर्मीको एउटा समूहले कोषको मुख्य श्रोत अजरबैजानको सरकारको भित्री समूह भएको दावी गरेको छ । मानवअधिकार उल्लङ्घनका बिषयमा चर्को आलोचना खेपेको अजरबैजानप्रति सहानुभूति राख्ने यूरोपेली नेताहरु रकम पाउने सूचीमा राखीएको प्रतिवेदनमा उल्लेख छ ।