तेस्रो चरणाको स्थानीय निर्वाचन आजबाट औपचारीक रुपमा शुरु ।

0
445

२१ भदौ, काठमाडौं । असोज २ गते प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचन औपचारीक रुपमा आजबाट शुरु भएको छ । प्रदेश नम्वर २ अन्तर्गत ८ जिल्लाका कुल १३६ स्थानीय तहका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ । सरकारले आगामी असोज २ गते दुई नम्बर प्रदेशका ८ जिल्लामा तेस्रो चरणमा स्थानीय चुनाव गर्न लागेको हो । बाँकी जिल्लामा बैशाख ३१ र असार १४ गते दुई चरणमा यसअघि नै निर्वाचन सम्पन्न भइकेको छ । आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म प्रदेश नम्बर दुईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्लाका स्थानीय तहमा मनोनयन दर्ता हुनेछ । अघिल्ला चुनाव बहिस्कार गरेको राष्ट्रिय जनता पार्टीले समेत निर्वाचनमा सहभागिता जनाएकाले चुनाव शान्तिपूर्ण एवं उत्साहजनक रुपमा सम्पन्न हुनेमा सरकार र निर्वाचन आयोग दुबै विश्वस्त देखिन्छन् ।१३६ स्थानीय तहबाट ६६२७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् भने उनिहरुकालागी २६ लाख ६४ हजार ९ सय ५० मतदाताले मतदान गर्नेछन् ।

चुनावका लागि निर्वाचन आयोगले २१६६ मतदान स्थल र ३५७८ वटा मतदान केन्द्र तोकेको छ । २ गते एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनाव हुँदैछ । यीमध्ये महानगरपालिका र उपमहानगरपालिकामा हुने निर्वाचनप्रति दलहरुको विशेष चासो देखाएका छन् । यो निर्वाचनमा विभिन्न ४४ वटा संस्थाका २ हजार भन्दा बढी पर्यवेक्षकहरुले निर्वाचन पर्यवेक्षणको अनुमति पाएका छन् ।पहिलो दलबननकालागी दलहरु मतदाता रिझाउन ब्यीथ देखीएका छन् ।