राष्ट्रिय जनता पार्टी परित्याग गरेपछि यादवलाई माओवादी केन्द्रबाट टिकट ।

0
669

२१ भदौ , काठमान्डौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि महोत्तरी जिल्लाका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य नरेन्द्र यादवले पार्टी परित्याग गरेका छन् । राजपा महोत्तरी जिल्ला अध्यक्ष मण्डलमा तराई मधेश सद्भावना पार्टी महेन्द्र राय तर्फबाट जिल्ला अध्यक्षका रुपमा रहनुभएका नरेन्द्र यादवलाई राजपाले टिकट नदिएपछि उनले पार्टी परित्याग गरेका हुन् ।

उनले पार्टी परित्याग गरेलगत्तै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने गएराति माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ महोत्तरीको औरही नगरपालिकामा पुगेर उनलाई पार्टी प्रवेश गराएका हुन् । साथै, गएराति नै औरहीमा एक सभाको आयोजना गर्नुहुँदै नेता बादलले उनलाई औरही नगरपालिकाको उम्मेदवार बनाउनुहुँदै पार्टीका तर्फबाट प्रमुख पदका लागि टिकटसमेत दिएका छन् ।