रौतहटमा एमालेको गाईजात्रा ।

0
555

२१ भदौ, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको मेयर पदकालागी नेकपा एमालेका दुई नेताले पार्टीको आधिकारिक टिकट लिएर आएपछि कार्यकर्तामा अन्यौलता छाएको छ ।एमाले नेताहरु उद्दव रेग्मी र बाबुराम दाहाल दुवैले प्रदेश नम्बर २ संगठन कमिटीका संयोजक सत्यनारायण मण्डलको हस्ताक्षरमा टिकट लगेका छन् । रेग्मीले पाएको टिकट पार्टीको लेटरप्याडमा छ भने दाहालको टिकट निर्वाचन आयोगको उम्मेदवार मनोनयन फारममा मण्डलको हस्ताक्षर छ ।

टिकट लिएकामध्ये दाहाल माधव नेपाल पक्षका हुन् भने रेग्मी केपी ओली पक्षका हुन् । उम्मेदवारीमा यस्तो गाइजात्रा भएपछि कार्यकर्तामा निराशा छाएको एक एमाले नेताले बताए । जिल्ला अध्यक्ष कमल राय यादवले भने बाबुराम दाहाल नै पार्टीको आधिकारिक उम्मेदवार भएको बताएका छन् ।